काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन खोज्ने गिरोहले सैनिक अधिकारीहरुको जन्ममितिमा विवाद झिकेको आरोप लगाएका छन्।बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति शर्माले सेनाभित्र कसैको पनि उमेरमा विवाद नभएको बताएका हुन्। सेनाका तत्कालीन उपरथी ताराध्वज पाण्डे र रथी अशोकराज सिग्देलको जन्ममितिमा विवाद नभएको बताएका हुन्। उनले आफूहरुले जिल्ला प्रशासन कार्यालय, एसएलसी बोर्ड र त्रिभुवन विश्वविद्यालयसँग पनि बुझेको भन्दै ती सबै कागजपत्र हेर्दा उमेरमा विव