चिसोबाट बच्न अनलाइन कक्षा

चिसो बढेपछि राजधानीका विद्यालयले बालबालिकालाई फेरि अनलाइन माध्यमबाट पढाउन थालेका छन् । विगतमा कोरोना सङ्क्रमणका कारण अनलाइनबाट पढाइरहेका विद्यालयहरूले मङ्सिरदेखि भने भौतिक उपस्थितिमै पढाइ थालेका थिए । बुधबारदेखि सुरु भएको झरीका कारण चिसो अझ बढ्नसक्ने पक्षलाई ध्यानमा राखेर केही दिन अनलाइनबाटै पढाउन अभिभावकलाई अनुरोध गरिएको विद्यालय सञ्चालकले जनाएका छन् । निजी तथा...