गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले फेन्सिङ र बक्सिङको राष्ट्रियस्तरका प्रतियोगितासँगै दौड (रोड रेस) आयोजना गर्ने भएको छ ।
आज ६ अप्रिल अर्थात् आधुनिक ओलम्पिक सुरु भएको मिति। ६ अप्रिल १८९६ मा ग्रिसको एथेन्सबाट आधुनिक ओलम्पिक खेलको सुरुवात भएको पाइन्छ।आधुनिक ओलम्पिकको जग प्राचिन ओलम्पिक नै हो। तर प्राचिन रुपमा ओलम्पिक कहिलेबाट सुरु भयो भन्ने यकिन नभएपनि लिखित रुपमा इसापुर्व ७७६ मा सुरु भएको मानिन्छ। तत्कालिन समयमा ओलम्पिक सैनिकको युद्धकौशल खेलसँग जोडिएर अघि बढेको थियो।सैनिकबीच कुस्ती, बक्सिङ, घोडा दौड तथा रथ दौड जस्ता प्रतिस्पर्धाको आयोजना गरेर शासकहरु मनोरञ्जन लिन्थे। रोमाञ्चक प्रतिस्पर्धा युद्धको तयारीको रुपमा समेत