संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सबै प्रकारका विभेदको अन्त्य गर्दै अन्यायमा परेको समुदायलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दलित सेवा संघले बिहीवार आयोजना गरेको ‘दलित समुदायको समानता, समावेशिता तथा बजेटमा पहुँचको अवस्था र सरोकारवालाको भमिका’ विषयक अन्तर्क्रियामा उनले सदियौंदेखि उत्पीडनमा परेका समुदायका लागि क्षतिपूर्ति सहितको अधिकार दिलाउन पहल गर्ने बताए ।
मन्त्री श्रेष्ठले दलित समुदायबारे संविधानमा व्यवस्था भएको अधिकारलाई कार्यान्वयनका लागि सोही समुदायले सबैभन्दा बढी पह...