सत्तारुढ नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने आपराधिक घटनामा राजनीतिक पार्टीका मानिसहरू आफैँ संलग्न रहेको आरोप लगाएका छन् । बुधबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले तराईका पोलिटिसिएनहरूले कुनै न कुनै रुपमा त्यहाँ हुने अपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण त्यहाँको अपराध नियन्त्रण गर्न प्रहरीले...