काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको आज बुधवारको बैठकमा विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनुभयो ।
बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उहाँले भन्नुभयो, ‘अनुसन्धान कहीँ कतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, न...