जापान : ट्रेनमा गरे व्यक्तिले जथाभावी छुरा प्रहार, १७ जना घाइते

जापानको राजधानी टोकियोमा आइतवार साँझ २४ वर्षीय व्यक्तिले जथाभावी चक्कु प्रहार गर्दा कम्तीमा १७ जना घाइते भएका छन् ।  शहरको मध्यभागमा हालोवीन मनाउनका लागि मानिसहरू जाँदै गर्दा आक्रमण गरिएको हो ।  ती व्यक्तिले जोकरको वस्त्र लगाएको प्रत्यक्षदर्शीहरूले बताए ।  ७० वर्षका एक व्यक्तिको छातीमा चक्कु प्रहार गरिएकोमा उनको अवस्था गम्भीर रहेको बताइएको छ ।  मोबाइलबाट खिचिएको फूटेजमा केइयो लाइनमा आक्रमण भएको देखिन्छ । आक्रमणकारीबाट भाग्नका लागि यात्रुहरू दौडिरहेको भिडियोमा देखिन्छ ।  ड्यांग आवाज आएक...