काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम सुरु गरेको बताउनुभएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले आउँदाे आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमा परेका योजनाहरू समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रिया अहिलेदेखि नै सुरु भइसकेको बताउनुभयो ।
बजेटले राष्ट्रिय महत्त्वका र राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई समेटेको भन्द...