खसी-बोका पालेर आय आर्जन

बाँकेको राप्तीसोनारी गाउँपालिकाको संगिनी सामाजिक उद्यमी महिला सहकारीले दसैं–तिहारमा मात्र १२ लाख रुपैयाँबराबरको कारोबार गरेको छ । ९ सय ६३ जना सदस्यबाट १ सय ३३ वटा खसी–बोका बेचेको सहकारीकी अध्यक्ष माया सुनारले बताइन् । ‘दसैंमा १ सय ६ वटा र तिहारमा २७ वटा खसी–बोका बेचेका छौं’ उनले भनिन्, ‘यस वर्षपहिलाको तुलनामा कमै हो । कहिलेकाहीं समस्या परे किसान महिलाले व्यापारीलाई पनि बेच्नुभयो ।’