उपभोक्ता हित तथा नागरिक अधिकार र कानुनी शासनको प्रत्याभूति गर्न सरकार पछि पर्नु नपर्ने हो । तर, नेपाल अझै कानुनी मुलुक हुन बाँकी छ । नेपालमा जबजब संकट पर्छ तबतब एक प्रकार व्यापारी मोलमोलाइ गर्न थाल्छन् । वास्तवमा बिनाऐन खर्बौंको कारोबार गरिरहेको नेपाल आयल निगम तथा पेट्रोलियम पदार्थ ढुवानीकर्ताको एकआपसमा मिलोमतोमा बेलाबेलामा यस्ता मोलमोलाइ चलिरहन्छ […]