काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने निष्कर्ष निकालेको छ। सत्ता गठबन्धनका नेताहरूले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएपछि बसेको संसदीय दलको बैठकले पार्टीले परिस्थितिअनुसार आवश्यक निर्णय लिने निर्णय गरेको हो। बैठकमा सांसदहरूले महाभियोग र एमसिसीको बारेमा पार्टीको प्रष्ट धारणा खोजेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले आवेग, उत्तेजना र प्रतिशोधका आधारमा कुनै निर्णय नलिने भन्दै परिस्थिति हेरेर निर्णय गर्ने बताए। ‘अहिले