सल्यानमा शहरी स्वास्थ्य क्लिनिकमा स्थानीयको ताला

सल्यान : सल्यानको शारदा नगरपालिकामा रहेको एउटा शहरी स्वास्थ्य क्लिनिकमा स्थानीयले तालाबन्दी गरेका छन्। जिल्लाको शारदा नगरपालिका-४ सुन्टाकुरास्थित शहरी स्वास्थ्य क्लिनिक रहेको सामुदायिक वनको भवनको मूलद्वारमा ताला लगाइएको हो। नगरपालिकाले मनोमानी ढंगले स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको र स्थानीयले राखेका माग सम्बोधन नगरेको भन्दै स्थानीयले सोमबारदेखि ताल्चा लगाएका हुन्। २०७५ सालमा नगरपालिकाले आफ्नै भवनको व्यवस्थापन नहुँदासम्मका लागि भन्दै सालघारी सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा शहरी स्व...