पहिरोको जोखिममा रहेको ताप्लेजुङ मैवाखोलाको बस्ती स्थानान्तरण हुने

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोको जोखिममा रहेको ओदक बस्तीलाई स्थानान्तरण गरिने भएको छ। मैवाखोला गाउँपालिका–४ साँघुको ओदक बस्तीका ६४ घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको हो।