भारतमा हिन्दुवादी नेताको गोली हानी हत्या

भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

सम्बन्धित सामग्री

भारतमा शिव सेनाका नेताको गोली हानी हत्या

पन्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर एक हिन्दूवादी नेताको गोली हानि हत्या गरिएको छ । हिन्दूवादी नेता सुधीर सूरीको गोली हानेर हत्या गरिएको हो । उनी भारतीय हिन्दुवादी संस्था शिव सेनाका नेता थिए ...