बामदेव गौतमले नयाँ दल घोषणा गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लाग्नु भएको छ । आज दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लाग्नु भएको हो । उहाँको पार्टीको नाम ‘एकता राष्ट्रिय अभियान’ हुने बताइएको छ । राष्ट्रिय सभाका सांसद गौतम नेपालका वामपन्थी दलहरुलाई एकै स्थानमा ल्याउने अभियानमा हुनुहुन्छ । […]