काठमाडौं : आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषय संसद्मै सामसुम पारिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको प्रतिनिधिसभाको बैठकको सुरुमा यो विषय उठाएका थिए। बजेट निर्माण सूचना चुहाउँदा ११ सयभन्दा बढी विद्युतीय गाडी भित्रिएको र त्यसबाट करिब ९३ करोड राज्यलाई नोक्सान भएको प्रतिपक्षी दलको प्रश्नमा अर्थमन्त्री डा.प्रकाशशरण महतले त्यसरी सूचना चुहिएको साँचो नभएको दाबी गरे।&lsquo