नेप्सेमा एक्कल अंकको गिरावट, कारोबार दुई अर्ब ६७ करोड मात्रै

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एक्कल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५.८४ अंकले घट्दै २४ सय ४९.९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।नेप्सेका अनुसार यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा भने झिनो (०.४३ अंकको) सुधार हुँदै ४६५.२३ विन्दुमा अडिएको छ ।  यसदिन होटल तथा पर्यटन, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट उप समूहबाहेक सबै जसो उपसमूहहरु ऋणात्मक भएका छन् । ५ अंक मा