पसलमा चोरी गर्न गएका मानिस रक्सी पिएर भए मस्त, प्रहरीले बेहोश अवस्थामै गर्‍यो पक्राउ

बेलायतमा रहेको लास इगुआनाज रेस्टुराँमा चोरी गर्न गएका एक व्यक्ति अनौठो अवस्थामा पक्राउ परेका छन् ।  स्यामुअल मलिगन नामक ती व्यक्तिले पैसा त भेटेनन् । तर रेस्टुराँमा रहेको रक्सी पिएर उनी त्यहीँ मस्त सुते ।  बिहान कर्मचारीले रेस्टुराँ खोल्दा मलिगन सोफामा मुख गाडेर सुतेको अवस्थामा पाए । कर्मचारीले उनलाई भित्रै थुने अनि प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई पक्राउ गरेर लग्यो ।  सोधपुछमा थाहा भयो, ती व्यक्तिले वरिपरिका पसलमा पनि कैयौंपटक चोरी गरेका रहेछन् ।  अदालतमा उनको मुद्दामा सुनुवाइ भएपछि १ व...