काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ललितपुरमा आइतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए […]