साताको तीन अण्डाले पनि निम्त्याउछ अकाल मृत्यू

साताको तीन वा सो भन्दा बढी अण्डा खानाले पनि अकाल मृत्यू र मुटुको रोग लाग्ने नयाँ अनुसन्धानले देखाएको छ । “अण्डा विशेषगरी पहेलो भाग कोलेस्ट्रोलको प्रमुख स्रोत हो,”शिकागोको नर्थवेस्टर्न युनिभर्सिटी फिनबर्ग स्कुल अफ मेडिसिनमा डिपार्टमेन्ट अफ प्रिभेन्टिभ मेडिसिनका फेलो र अध्ययनका लेखक भिक्टर झोङले बताए । मेडिकल जर्नल जामामा प्रकाशित अध्ययनमा उनी र उनका सहपाठीले एउटा ठूलो अण्डामा पनि १८६ मिलिग्राम कोलेस्ट्रोल हुने उल्लेख गरेका छन् ।