काठमाण्डौ – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको रिट दरपीठ गरिदिएको छ ।
आज सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले अधिवक्ता माधवकुमार बस्नेतले दायर गर्नुभएको रिट दरपीठ गरिदिनुभएको हो ।
प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता बस्नेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाइ पेस गर्नुभएको रिट रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिनुभएको हो ।
अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश जबराविरुद्ध गम्भीर प्रकृतिका आरोप लागेकाले छानबिनसहित कारबाही गर्नका लाग...