खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

खोटाङ। खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराविरुद्ध प्रहरीमा उजुरी परेको छ। मानव अधिकार उल्लंघनको अध्ययन एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनका लागि गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले प्रहरीमा उजुरी परेको हो।