एजेन्सी – युक्रेन लडाइँ सुस्त हुँदै गएको र आउँदो जाडो मौसममा पनि यस्तो सुस्तता निरन्तर रहने अमेरिकी गुप्तचर निकायहरूले विश्वास गरेका छन्। तर, युक्रेनी सेनाको तर्फबाट प्रतिरोध कमजोर भएको कुनै प्रमाण नभेटिएको अमेरिकी गुप्तचर निर्देशक एभरिल हेन्स बताउँछिन्। युक्रेनको महत्वपूर्ण ऊर्जा पूर्वाधारमा रुसी आक्रमणपछि उनको भनाइ आएको हो। युक्रेनमा युद्ध अहिले नवौं महिनामा पुगेको छ। […]