गाजापट्टीमा इन्धन आपूर्ति नरोक्न डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजापट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गरेका छन्। इजरायलको सहमतिपछि पानी, खाना र औषधीको पहिलो आपूर्ति आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार गरिएको छ। ‘इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि प्रवेशमा रोक नलगाउने इजरायलको घोषणालाई हामी स्वागत गर्दछौँ। अस्पतालका जेनेरेटर, एम्बुलेन्स र डिसेलिनेसन प्लान्टका लागि पनि इन्धन आवश्यक छ र हामी इजरायललाई गाजाप्रवेशका लागि अनुमति दिइएको जीवनरक्षक आपूर्तिमा इन्धन थप्न आग्रह गर्द

सम्बन्धित सामग्री

आयल निगमले भन्यो : इन्धन आपूर्ति सहज हुन्छ, लाइनमा बस्नु पर्दैन

चैत २०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पहरुमा अत्यावश्यक बाहेकको अवस्थामा लाइन नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ । व्यवसायी र निगम बीचको शनिवार बेलुका समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी शुरु गरेको र ढिलोमा आइतवार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमले बताएको छ । निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीका अनुसार उपत्यकासहित देशैभरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन शुरु गरेका छन् । उनले बिहानै देखि विभिन्न डिपोबाट इन्धन उठेको बताए । पम्पहरुमा अनलोड हुन केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ’, सहायक प्रवक्ता कार्कीले भने । काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट बिहानैदेखि ट्यांकरले तेल उठाएका छन् । कुन स्थानबाट कति तेल पम्पमा गयो भन्ने विवरण भने बिलिङ नसकिएका कारण उपलब्ध हुन नसकेको उनको भनाइ छ । केहि  दिनअघि पेट्रोलियम व्यवसायीहरुले कमिसनमा कुरा नमिलेको भन्दै ढ्वानीमा अवरोध सृजना गर्दा काठमाडौं उपत्यकामा शनिवार बिहानैदेखि पेट्रोल  तथा डिजेल अभाव हुने हो कि  भन्ने आशंकामा पेट्रोलियम पदार्थ लिन सर्वसाधारणको पम्पमा भिड लागेको थियो ।