भक्तपुर । प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले महाभियोगको प्रक्रियामा विलम्ब गरेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सफाइ दिएको बताउनु भएको छ । एमाले सचिवालयको बैठकपछि आज सञ्चारकर्मीसँग आफ्नै निवास बालकोटमा कुरा गर्दै सत्तापक्ष आफैंले खनेको खाल्डोमा आफैं परेर चोलेन्द्रलाई सफाइ दिएको बताउनु भयो । सत्तारूढ गठबन्धनले जबरालाई महाभियोग प्रस्तावमा […]