द्वन्द्वपीडितमैत्री ढंगले शान्ति प्रक्रिया टुंग्याउन नेसपाको माग, बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाल समाजवादी पार्टी (नेसपा)ले द्वन्द्व पीडितमैत्री ढंगले शान्ति प्रक्रियाको काम टुंगोमा पुर्‍याउन सरकारलाई ध्यानाकर्षण गराएको छ । अब बन्ने सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमा द्वन्द्वपीडितको पनि प्रतिनिधित्व गराउन माग गरिएको छ ।