काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ । भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक प्रहरी बाटो बन्द गर्न बाध्य छ । बाटै रोकेर भीआईपीको सवारी गराउँदा सम्बन्धित ठाउँको मात्र नभएर अन्यत्रसमेत लामो समय ट्राफिक जाम हुने गरेको छ । […]