युथफोर्सले फालेकाे फोहोर डाक्टर केसीले उठाए

काठमाडौं : नेकपा एमाले निकट युथफोर्सले शनिबार प्रदर्शनका क्रममा फालेको फोहोर चिकित्सा शिक्षा सुधारका अभियन्ता डा‍. गोविन्द केसीले उठाएका छन्।सत्ताच्यूत भएलगत्तै एमालेले ब्यूँताएको युथफोर्सले शनिबार काठमाडौंका सडकमा शक्ति प्रदर्शन गरेको थियो। युथफोर्सले आफ्नो उपत्यका कमाण्ड घोषणा गर्नुअघि गरेको प्रदर्शनका क्रममा फालिएको फोहोर डा केसीले उठाएका हुन्।शनिबार माइतीघर मण्डलामा पुगेका डा केसीले सडकको फोहोर उठाएका छन्। विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी

सम्बन्धित सामग्री

युथ फोर्सले माइतीघरमा गरेको फोहोर डा. गोविन्द केसीले उठाए

काठमाडौं। नेकपा एमाले निकट युथफोर्सले माइतीघर मण्डलामा गरेको फोहोर डाक्टर गोविन्द केसी नेतृत्वको समूहले उठाएको छ। शनिबार दिउँसो युथफोर्सले गरेको शक्ति प्रदर्शनका क्रममा बाटोमा छोडेका पानीका बोतल, चुरोटका ठुटो, परागका खोल, क्याप, झन्डा तथा झन्डामा प्रयोग हुने लट्ठीलगायतका फोहोर डा. केसी नेतृत्वको समूहले उठाएका हुन्। स्वास्थ्यकर्मीको आन्दोलनको समर्थन गर्न समूहसहित माइतीघर पुगेका डा. केसीले सडकमा असरल्ल फोहोर देखेपछि उठाएका थिए।

युथफोर्सका कार्यकर्ताले शक्ति प्रदर्शन गर्दा गरेको फोहोर उठाए डाक्टर केसीले

‘सडकमा पानी खाँदै बोत्तल फालिएका थिए, खैनी खाएर थुकिएको थियो,’ केसीले भने, ‘सडक फोहोर देख्दा सफा नगरी हिँड्न मन लागेन।’