भ्रष्टाचारको छानबिन प्रतिशोध साँध्न होइन, शिविरको रकम हिनामिनाको छानबिन गरियोस्–ओली

काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारको छानबिन गर्ने विषय प्रतिशोध साँध्न नहोस् भन्दै सरकारलाई सचेत गराउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै निवर्तमान प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्ने सरकारको कार्यक्रमलाई उधृत गर्दै भन्नुभयो, स्वास्थ्य सामग्री खरिद मात्र होइन शिविर प्रकरणको पनि छानबिन होस् । ओलीले भन्न्ुभयो, ‘सरकारले क्यान्टोलमेन्टको भ्रष्टाचारको छिनोफानो […]