नेप्से २००० अंक तल, दोहोरो अंकले घट्यो परिसुचक

आज मंगलबार नेप्से परिसूचक ३६ दशमलव ०७ अंक ले घटेर १९९६ दशमलव २६ विन्दुमा पुगेको छ । नेप्से आज फेरि ओरालो लागेको छ । दिनभर कुल १ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो ।

सम्बन्धित सामग्री

सेयर बजार दोहोरो अंक घट्यो, कारोबार बढ्यो

६ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से दोहोरो अंक १०.४४ ले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २०६८ अंकमा रहेर यो साता बन्द भएको छ । परिसूचक घट्दा कारोबार रकम …

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंक बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात […]

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ ।  त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ ।  दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन ।  बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ ।  बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो ।  बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् । यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंक

दोहोरो अंक घट्यो नेप्से, कारोबार १७ करोड - Naya Patrika

साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचक दोहोरो अंक घटेको छ । केही दिनयता निरन्तर नेप्से घटिरहेको छ । कारोबारमा समेत भारी गिरावट हुँदै आइरहेको छ । आज १० दशमलव ४९...पूरा पढ्नुहोस् »

दोहोरो अंक बढ्यो नेप्से, कारोबारमा भारी गिरावट - Naya Patrika

साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक दोहोरो अंक बढेको छ । १० दशमलव ४५ अंक बढेर नेप्से परिसूचक १२५२ दशमलव ५२ बिन्दुमा पुगेको छ । व्यापार सुरु भएदेखि बढ्न थालेको...पूरा पढ्नुहोस् »

दोहोरो अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट - Naya Patrika

साताको दोसो दिन सोमबार पनि नेप्से दोहोरो अंक घटेको छ । ११ दशमलव १५ अंक घट्दा परिसुचक १२६२ ११ दशमलव ८० मा कायम भएको छ । बजार खुलेको दुइ घण्टापछि...पूरा पढ्नुहोस् »

१० अंक घट्यो नेप्से - Naya Patrika

सोमबार नेप्से दोहोरो अंक घटेको छ । १० दशमलव २८ अंक घटेर परिसुचक १३३८ दशमलव १७ मा झरेको छ । एक सय ६३ कम्पनीका एक लाख सात हजार ७ सय...पूरा पढ्नुहोस् »