इन्डोनेसियाका प्रबोवो सुबियान्तो विश्वको तेस्रो सबैभन्दा ठूलो लोकतन्त्रको राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले बुधबार बताएको छ । मतदानका बारेमा कानूनी उजुरी गर्ने वाचा गरेका दुई प्रतिद्वन्द्वीलाई उहाँले निर्णायकरूपमा हराउनुभएको छ । रक्षामन्त्री प्रबोवो र उहाँका उपराष्ट्रपतिका उम्मेदवार जिब्रान राकाबुमिङ राकालाई नौ करोड ६० लाखभन्दा बढी मत प्राप्त भएको निर्वाचन आयोगका अध्यक्ष हसिम अस्यारीले जानकारी दिनुभयो …