मधेस प्रदेशको राजपत्रमै गायब भयो ‘चुच्चे नक्सा’

काठमाडौँ – मधेस प्रदेशको राजपत्रमै नेपालको आधिकारिक नक्सा गायब भएको छ । संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर दुई वर्षअघि जारी गरेको नक्सालाई नसमेटी मधेस प्रदेशको राजपत्रमा गलत नक्सा प्रयोग भएको हो। प्रदेश नम्बर २ ले नाम परिवर्तन गरेर ‘मधेस’ राख्ने निर्णय गरेपछि सार्वजनिक भएको मधेस प्रदेशको राजपत्रबाट चुच्चे नक्सा गायब भएको हो । […]