अवैध रुपमा भारतबाट आउने केरा रोक्न नेपाली किसानको माग

खुला रुपमा भारतबाट नेपाल भित्रिने केरा रोक्न माग गर्दै पश्चिम नवलपरासीका केरा उत्पादक किसानले आन्दोलन सुरु गर्ने भएका छन् । राज्यले अवैध रुपमा आउने भारतीय केरा नरोक्दा नेपाली किसान धरासायी भएको भन्दै नवलपरासी केरा उत्पादन संघले आन्दोलन गर्ने बताएको हो ।संघले भदौ ९ गते जिल्ला प्रशासन कार्यालय नवलपरासीमा १६ गतेसम्म समस्या समाधान गर्न अनुरोध गरेको भएपनि त्यसतर्फ कुनै सुनुवाई नभएको संघले जनाएको छ । त्यसपछि संघले कृषि तथा पशुपंक्षी मन्त्रालयमा समस्या समाधानका लागि आग्रह गरेकोमा मन्त्रालयले समेत कुनै