नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएका र त्यसले कांग्रेसलाई घाटा गर्ने निष्कर्ष निकालेको छ ।
आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक धारणा बनाउनका लागि डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए ।
संवादमा महामन्त्री गगनकुमार थापा, नेताहरू अर्जुन नरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायत रहेका थिए ।
कतिपय नेताहरू राष्ट्रिय सभाको निर्वाचनका लागि काठमाडौं बाहिर रहेका र उनीहरू काठमाड...