ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा थप एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन हुने बताउनुभएको छ । विश्व बैङ्कले आयोजना गरेको
‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्र्दै मन्त्री पुनले कोभिड–१९ का कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत निर्माणाधीन केही आयोजनाको विद्युत् उत्पादनमा केही ढिलाइ भए पनि काम भने नरोकिएको र आगामी वर्ष ती आयोजना बनिसक्ने बताउनुभयो । महामारीकै बीचमा पनि हामीले मुख्य आर्थिक गतिविधि र जलविद्युत् आयोजनाका काम निरन्तर गरेका छौँ, मन्त्री पुनले भन्नुुुभयो, “आगामी आर्थिक वर्षमा एक हजार पाँच सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।”