दुना टपरीले आत्मनिर्भर बनायो

कञ्चनपुर : कृष्णपुर नगरपालिका ६ बन्जरियाका श्यानीदेवी चौधरी घरधन्दाबाट फुर्सद भएको समयमा दुना टपरी बनाउँछिन्। ती दुनाटपरी नजिकको गुलरी बजार र कैलालीको धनगढी बजारमा सजिलै बिक्री हुन्छ। यसबाट उनले महिनामा १० देखि १५ हजार रुपैयाँ आम्दानी गर्छिन्।दुना टपरी विशेष गरी सालको पात र मालुको पातको बन्छ। सालको पातको दुना टपरी बढी दिन टिक्ने भएकाले यसको माग बढी छ। पात ल्याउन स्थानीय महाकाली सामुदायिक वनले सहज बनाइदिएको छ। दुना टपरी विशेषगरी धार्मिक कार्यमै बढी प्रयोग हुन्छ। यसैगरी थारु समुदायको परम