काठमाडौं: राष्ट्रियसभाको चार विषयगत समितिमध्ये दिगो विकास तथा सुशासन समितिको सभापति कांग्रेसले पाएको छ। यस समितिको सभापतिमा राष्ट्रिय सभाकी सदस्य तारादेवी भट्ट निर्वाचित भएकी छन्।
भट्टले आजै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। कांग्रेसले भदौ दोस्रो साता समितिमा भट्टलाई पठाउने निर्णय गरेको