युक्रेनमा रुसको नयाँ युद्ध रणनीति : घना वस्तीमा ठूलो संख्यामा ड्रोन आक्रमण

सोमबार बिहान ७ बजेभन्दा केही अघि कीभका मानिसहरूले भुनभुनाइरहेको आवाज सुने । मानिसहरुले आवाजको स्रोत थाहा पाउनुअघि आकासमा ‘कामिकाजी’ ड्रोनहरूको समूह देखियो ।  युक्रेन युद्धमा युक्रेनी पक्षले पहिलेदेखि नै ड्रोनहरू व्यापक प्रयोगमा ल्याएको भए पनि पछिल्लो समय रुसले ड्रोनको झुण्डहरूको प्रयोग गर्न सुरु गरेको छ ।  रुसले प्रयोग गरेको ड्रोन पावर स्टेसन, आवासीय भवनदेखि रेलमार्गतर्फ हान्निदै गएका धेरै भिडियोहरू समाजिक सञ्जालमा छाइरहेका छन् । युक्रेनी सैनिक तथा नागरिक भने ड्रोनलाई गोली