तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट हुने आम्दानीमा अधिकतम १०७.१६ प्रतिशले वृद्धि गरेको छ । यसैले पनि कम्पनीको नाफामा आकर्षक सुधार आएको हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट कुल २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो भने यो वर्षको