२३ चैतदेखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सञ्चालन हुँदै, बम्पर छुट अफरको पनि व्यवस्था

चैते दसैँको अवसर पारेर २३ चैतदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा ‘दसैँको बेला, सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । पाँच दिनसम्म सञ्चालन हुने उक्त मेला इभेन्ट सोलुसनले आयोजना गर्न लागेको हो ।