कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ । कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ […]