कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी कारबाहीमा परेका छन्।घरमा शौचालय नबनाएको भन्दै वडा नम्बर ७ को कार्यालयले विभागीय कारबाहीको लागि पालिकालाई सिफारिश गरेको वडाअध्यक्ष दिनेश चौधरीले बताए।विजयनगर गाउँपालिका कृषि शाखामा कार्यरत सञ्जयकुमार गुप्ता, तारा माध्यमिक विद्यालयमा कार्यरत जगनारायण गुप्ता, जनज्योति आधारभूत विद्यालयमा कार्यरत मुस्लिम मुसलमान र नाली जाम गरि सडक फोहर गरेको भन्दै वडा नम्बर ३ मा कार्यरत सहयोगी दयाराम लोनियालाई विभागीय कारबाही गर्न पत्र पठाइ