इजरायलमा रहेका नेपालीको उद्धार, उपचार र स्वदेश फिर्ताको व्यवस्था गर्न कांग्रेसको माग

कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परेकाहरूको उद्धार, उपचार र स्वदेश फिर्ताको वातावरण बनाउन सरकारसँग माग गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा मंगलबार बसेको बैठकले आक्रमणमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गर्दै उनीहरूको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याएर परिवारजनलाई बुझाउन आग्रह गर्ने निर्णय गरेको हो ।