म्याग्दीमा आधुनिक सभाहल निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताए ।“गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौँ”, उनले भने, “कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौँ ।” आर्थिक वर्ष २०७८÷७९ मा दुई चरणमा रु २५ ल