बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताएका छन् । ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे । ‘संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो’, मन्त्री पौडेलले भने, ‘प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि […]