कर्णाली करिडोरमा बाँकी ट्रयाक खोल्ने काम सम्पन्न गरी आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष थप ८ सय किलोमिटर सडक निर्माण र २ सय ५७ किलोमिटर सडक स्तरोन्नती पनि गरिने बताइन् । उनका अनुसार राष्ट्रिय गौरवका कालीगण्डकी, कोशी र कर्णाली करिडोरको निर्माण एवम् स्तराेन्ती कार्यलाई निरन्तरता दिइने छ ।