नेकपा एमालेले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहका उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई दिएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने अधिकार जिल्ला, प्रदेश र केन्द्रलाई छुट्टाछुट्टै दिएको एमाले प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कम