अतिरिक्त शुल्क नतिर्ने अडानका साथ आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेजका विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । दुई हप्ताभन्दा लामो समयदेखि आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज परिसरमै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।विराटनगरको शुक्रबारे हाट चोकबाट सञ्चालक शर्माको पुत्लासहित नाराबाजी गर्दै मेडिकल कलेज पुगेका विद्यार्थीले कलेज परिसरमै पुगेर सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाएमात्रै पढाइ सुरू ग