सरकारलाई आपूर्ति व्यवस्था सहज बनाउने गरी लजिस्टिक नीति ल्याउन पूर्वका उद्योगी व्यवसायीले सुझाएका छन् । लजिस्टिक नीतिको मस्यौदामा सुझाव संकलनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।