भूकम्प प्रतिरोधी बालमैत्री विद्यालय भवन हस्तान्तरण

बझाङ : जिल्लाको केदारस्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिकाका केही विद्यालयहरुमा बालमैत्री तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरु निर्माण गरिएका छन्।वर्ल्ड भिजन इन्टरनेशनल र प्रगतिशील युवा समाजको साझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीयहरुको सहयोगमा भवन अभाव भएका विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक २ कोठे भवनहरु निर्माण गरिएका हुन्।जयपृथ्वी नगरपालिका वडानम्बर ८ मा रहेको जालपा आधारभूत विद्यालय जोशीगाँउ, नवादेउ आधारभूत विद्यालय ग्वानी, युवा वर्ष आधारभूत विद्यालय सेला

सम्बन्धित सामग्री

सिप्रदीयन सहायता संस्थाले गर्‍यो सातौं पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

मंसिर ७, काठमाडौं । टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्व विङ–सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका–११, सिन्धुपाल्चोकको नव निर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ ।  उक्त विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी ग्रुपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले उद्धघाटन गरेका हुन् । नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.स.२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातओटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको छ ।  श्री शारदा माध्यमिक विद्यालय, श्री जाल्पादेवी माध्यमिक विद्यालय, श्री मार्मिङ माध्यमिक विद्यालय, श्री थापीनारायण आधारभूत विद्यालय, श्री कोदारी माध्यमिक विद्यालय तथा श्री जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माणसँगै सातओटै विद्यालयको हस्तान्तरण गरिएको हो ।  अरु हस्तान्तरण भइसकेका विधालय भवनहरु जस्तै श्री जनज्योति आधारभूत विद्यालय पनि भूकम्प प्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएकोे जानकारी दिइएको छ ।    हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ, विनोद बहादुर सिंह, विमल गौतम, रबिन श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्र प्रसाद तिमिल्सिना, स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको थियो ।

२०५ विद्यालय भवन हस्तान्तरण

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।